काठमाडौँ – सुनको भाउ तोलामा २ सयले बढेर ९२ हजार ८सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार भने तोलामा ९२ हजार ६ सय रुपैयाँले कारोबार थियो।
यस्तै, सोमबार चाँदीको भाउ १ हजार २ सय ९० पुगेको छ । आइतबार १ हजार २ सय ९५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा ५ रुपौयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ।