एजेन्सी : आउदो अक्टोबर २२ गतेदेखि भारतका राज्यभरका सिनेमा हलहरु खुल्ने भएका छन् । महाराष्ट्र सरकारलेे अक्टोबर २२ गतेदेखि राज्यभरका सिनेमा हल खोल्ने घोषणा गरेको हो ।
महाराष्ट्र सरकारले सिनेमा हल खोल्ने घोषण गरेसँगै निर्देशक रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ले रिलिज डेट तय गरेको छ । फिल्म दिपावलीको अवसरमा रिलिज हुने निर्माण टिमले जनाएको छ । यसअघि ‘सूर्यवंशी’ले २०२० मार्च २४ मा रिलिज मिति तय गरेको थियो तर कोरोना भाइरसका कारण फिल्मको निर्माण टिमले रिलिज डेट स्थगित गरेको थियो ।
”सूर्यवंशी”मा अभिनेता अक्षय कुमार र कट्रीना कैफको मुख्य भूमिका रहेको छ ।