काठमाडौं : फिल्म ‘रुदाने विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । उक्त फिल्म थाहा दर्शनका अभियन्ता, दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित रहेको छ ।
फिल्ममा अमित किशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन र निर्देशन रहेको छ । रुपचन्द्र बिष्टको जीवन र संघर्षमा आधारित यो फिल्ममा विष्टको भूमिका कलाकार दिव्यदेवले निभाएका छन् । दिव्यदेवसँगै यस फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अम्बेर सुवेदी लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।
दावनल क्रियसनले निर्माण गरेको फिल्ममा प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् । त्यसैगरी सहनिर्मातामा भानुभक्त थापा र सहायक निर्मातामा पदमकेशर कटुवाल र सहदेव प्रसाद सापकोटा रहेका छन् ।
फिल्मलाई शान्ता राओले छायाङ्कन गरेका छन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।