काठमाडौं : पछिल्लो समय अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी चर्चामा छन् । पल र समीक्षाबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा टिकाटिपणी, चर्चा तथा परिचर्चा सुरु भएको हो ।
थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरिसकेका उनीहरु सेटबाट नजिकिएको चर्चा नेपाली कलाकारिता क्षेत्रमा चलेको छ । पलसँगको सम्बन्धलाई लिएर चर्चा चलेसँगै गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सम्बन्धलाई लिएर तोडमोड गरेर तुच्छ समाचार आएको र आफ्नो चरित्र हत्या गरिएको बताएकी छिन् ।
यस्ता मानहानी र चरित्र हत्या हुने किसिमका समाचारले आफुलाई निकै दु:खी बनाएको समीक्षाले उल्लेख गरेकी छन् ।
‘एउटै इण्डसट्रीजमा भएको हिसाबले पल जि ले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु र हामिबिचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ’, उनले लेखेकी छन् ।