काठमाडौं : अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा थुप्रै टिकाटिप्णी सुरु भएको छ । उनीहरुको सम्बन्धलाई लिएर नेपाली कलाकारिता क्षेत्रमा विभिन्न समाचारहरु सम्प्रेषण भइरहेका छन् ।
पल र समीक्षाको सम्बन्धलाई लिएर नेपाली कलाकारिता क्षेत्रमा विभिन्न समाचारहरु सम्प्रेषण भईरहदा पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्ता गलत समाचारले आफूलाई माया गर्ने दर्शक निकै दुःखी भएको महसुश गरेको उल्लेख गरेका छन् ।
‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छ । अरु कलाकारहसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई बिदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ’, उनले लेखेका छन् ।
त्यसो त आइतबार समीक्षाले पनि सामाजिक सञ्जालमा पलसँग आफ्नो कुनै अनैतिक सम्बन्ध नरहेको र पलले उनलाई अभिभावकको हिसाबले माया गर्ने उल्लेख गरेकी थिइन् । यसअघि उनीहरुले थुप्रै म्युजिक भिडियोहरुमा एकसाथ काम गरिसकेका छन् ।
पल शाहले लेखेको स्टाटस यस प्रकार छ :
नमस्कार देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ। हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु।
मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।
गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला ।
धन्यवाद ।
– हजुरहरुको पल शाह !!