बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान जमानतमा रिहा भएका छन् । मुम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
आर्यनका साथै मुनमुन धमीचा र अरबाज मर्चेंटले पनि जमानत पाएका छन् । तर, उनीहरुलाई रिहा भने गरिएको छैन । भोलि वा पर्सिसम्म उनीहरु आर्थर जेलमा नै बस्नुपर्ने बताइएको छ ।
यसअघि आर्यनलाई अक्टुबर ३ मा एनसीबीले मुम्बइको एक क्रुज पार्टीमा सहभागी भएको बेला पक्राउ गरेको थियो । आर्यनलाई पक्राउ गरेपछि एनसीबीको बिषयमा समेत थुप्रै बिषयहरु सार्वजनिक भैरहेका छन् ।