काठमाडौं : आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
यसै अवसरमा नेपाली कलाकारहरुले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका लगाएका छन् ।
अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा भाइटीका लगाएको तस्विर पोस्ट गरेकी छिन् ।
त्यस्तै अभिनेत्री रेखा थापा, पल शाह, मनोज गजुरेल, स्वस्तिमा खड्का लगायतले सामाजिक सञ्जाल फेसबुकमा भाइटीका लगाएको तस्विर शेयर गरेका छन् ।