काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । फिल्मको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् ।
हालै निर्माण टिमले फिल्म छायांकनका केही तस्वीर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्वीरमा अभिनेता दयाहाङ राईसँगै कलाकार बुद्धि तामाङ र विजय बराललाई देख्न सकिन्छ ।
‘फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको मुख्य भूमिका रहने बताइएको छ । छायांकन सकिए लगत्तै फिल्मको रिलिज डेट घोषणा गर्ने निर्माण टिमले बताएको छ ।