काठमाडौं : सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तय भएको छ । फिल्म माघ १९ गते प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।
यसअघि कोरोना महामारीको कारण फिल्मको प्रदर्शन मिति स्थगित भएको थियो ।
सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको यस फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भुमिका छ । फिल्ममा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।
जन्मजय सपाङ राई सह-निर्माता रहेको यस फिल्ममा निर्देशक थापाको कथा, शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।