बलिउड अभिनेत्री प्रिती जिन्टा आमा बनेकी छिन् । ४६ वर्षको उमेरमा प्रीतिले सरोगेसीबाट दुई जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
आफू सरोगेसीबाट आमा बनेको प्रितीले ट्वीटरमार्फत जानकारी दिएकी छिन् । उनले लेखेकी छिन् ‘म आज तपाईहरु सबैसँग हाम्रो खुसीको खबर सुनाउन चाहन्छु । जीन र म निकै खुसी छौं किनभने हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई स्वागत गरेका छौं ।’
Hi everyone, I wanted to share our amazing news with all of you today. Gene & I are overjoyed & our hearts are filled with so much gratitude & with so much love as we welcome our twins Jai Zinta Goodenough & Gia Zinta Goodenough into our family. pic.twitter.com/wknLAJd1bL
— Preity G Zinta (@realpreityzinta) November 18, 2021
प्रितीले सन् २०१६ आफूभन्दा दश वर्ष कान्छा अमेरिकन नागरिक जेन गुडइनफसँग विवाह गरेकी थिइन् ।