काठमाडौं : ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ हाल अमेरिकामा छिन् । पुस १ गते आयोजना हुने ‘मिस वर्ल्ड’ मा सहभागी हुन अमेरिका पुगेकी हुन् ।
अमेरिका पुगेसँगै नम्रताले सामाजिक सञ्जालमा थुप्रै तस्विर सार्वजनिक गरेकी छिन् । जसमा उनी अन्य देशका प्रतिस्पर्धीसँग रमाइरहेको देख्न सकिन्छ ।
साथै उनले ‘ब्युटी विथ पर्पस’ विधाका लागि आफ्नो भिडियो प्रस्तुति पनि प्रस्तुत गरिसकेकी छन् ।