काठमाडौं । गायिका इन्दिरा जोशी आज प्रेमी शरद केडियासँग वैवाहिक जीवनमा बाँधिदैछिन् । उनीहरुले दुवैको परिवार र आफन्तको उपस्थितिमा वैवाहिक समारोह आयोजना गरिएको छ ।
आइतबार इन्दिराले मेहेन्दीको तस्वीर सार्वजनिक मंगलबार विवाह हुन लागेको सामाजिक सन्जालमार्फ्त जानकारी दिएको थिइन् । फेसन डिजाइनर समेत रहेका शरद र इन्दिरा तीन वर्षदेखि प्रेममा छन् ।
गतवर्ष नाम्चे पुगेर शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा बिहे प्रस्ताव स्वीकारेकी थिइन् ।