काठमाडौं : गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ।
कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुंमागाईको छाँयाकन, डिनशन शाहको सम्पादन गरेका हुन्।
बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको उक्त गीतको एरेन्ज जीवन बडु र मिक्सङ मनोज डंगोलले गरेका हुन्। पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन्।