काठमाडौं : फिल्म लेखक तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । ८३ वर्षको उमेरमा उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको हो।
गत आइतबार कोरोना संक्रमित भएपछि उनलाई छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान १० बजे उपचारको क्रममा उनको निधन भएको हो।
कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका थुप्रै चलचित्रहरु निर्देशन गरेका थिए। त्यस्तै उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । फिल्म लेखन र निर्देशन मात्र नभएर चेतन नेपाली लोकसंगीत र संस्कृतिमा समेत रुचि राख्ने त्यसैले उनी गीतकार र कविको रुपमा पनि परिचित छन्।