काठमाडौँ – रामेछापको सुनापति गाउँपालिकाको वडा नम्बर ३मा हाल ५५ फुटे सेतो मछिन्द्रनाथ(अवलोकेश्वर)को मूर्ति निर्माण कार्य धमाधम भैरहेको छ। आगामी मङ्सिरसम्ममा निर्माण सम्पन्न गरी उद्घाटन गर्ने समितिका संयोजक आले लामाले जानकारी दिए।
विशेषगरी गाउँपालिकाको धार्मिक महत्वलाई मध्यनजर गर्नुको साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई समेत लक्षित गरी सो मूर्तिको निर्माण कार्य भैरहेको उनले बताए।
‘भूगोलले नै यो ठाउँ मागेको छ। यो भगवान करुणाका खानी मानिन्छ। यहाँ स्थॉना हुँदा पालिकाबासीलाई मात्र हैन सबै नेपाली जनताको लागि करुणा जगाउने विश्वासला साथ स्थापना गरिएको हो, ‘उनले भने, ‘धार्मिक र ऎतिहासिक महत्व बोकेको यस संरचनाले पुण्यको लागे मात्र हैन पर्यटकलाई पनि आधार मानिएर बनाइएको छ।’
सुरुमा २० लाखबाट सुरु गरेको सम्पन्नसम्म ७० लाख बजेटमा सम्पन्न हुने उनको भनाइ छ।
काठमाडौँको इन्द्रचोकमा देखाइने मुर्ती २ हाते र हिलेदेवीमा बन्न लागेको मूर्ति ४ हाते रहेको छ। यस संरचनाको निर्माण भैसकेपछि देशको मात्र नभई अन्तर्राष्ट्रिय रुपमा नै एउटा नमुना बन्ने संयोजक लामाको दावी छ।