काठमाडौँ– नेपालको सुनकोशी जलविद्युत् परियोजना निर्माण कार्य अघि बढ्ने भएको छ । रामेछाप जिल्लाको ‘सुनकोशी जलविद्युत् परियोजना’ सम्बन्धि बुधवार आयोजित छलफल कार्यक्रममा उपस्थित पदाधिकारीहरुले अब द्रुतरुपमा काम अगाडी बढाउने बताए।
सुनापति गाउँपालिका–३ का अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षता आयोजित कार्यक्रममा उपाध्यक्ष गीता विष्ट चौलागाई, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरी, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सह-सचिब चिरन्जिबी चट्टोल, विद्धुत विकास विभागका महानिर्देशक सन्दिप कुमार देव, माओवादीका पोलिटब्युरो सदस्य युवराज चौंलागाईं, नेपाली काँग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, विद्युत व्यापार विभाग प्रमुख प्रबल अधिकारी र विभिन्न दलका नेता र स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै बंगलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरीले नेपाल र बंगालदेशको मिल्दोजुल्दो सस्कृति, भाषा र रहनसहनले आपसमा सम्बन्ध प्रगाढ बनाएको बताउदै यो सहकार्य पनि यसकै परिणाम भएको बताए ।बंगलादेशलाई विद्यत आवश्यक रहेको बताउँदै यो परियोजनामा सहकार्य गर्न पाउँदा निकै खुशी लागेको उनको भनाइ छ ।
यो परियोजनालाइ अघि बढाउँको लागि नेपाल सरकार र बंगलादेश निरन्तर छलफल गरिरहेको र भारतले पनि यस प्रोजेक्टमा चासो देखाएको हुँदा नेपाल, भारत र बंगलादेश ३ देश मिलेर जाने कि भन्ने बारे पनि छलफल भैरहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। कार्यक्रममा उपस्थित अतिथिहरुले स्थलगत भ्रमण पनि गरेका छन् ।
कार्यक्रमको संचालन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमल लाल श्रेष्ठ र स्वागत मन्तव्य गाउँपालिकाकी अध्यक्ष चौलागाईले गरेकी थिइन ।
हेर्नुहोस भिडियो:-