काठमाडौँ – साउनको तेस्रो दिन सोमबार शिवालयमा भक्तजनहरुको लामो घुइचो देखिएको थियो। सिमसिम पानी परिरहँदा पनि भिजेर भोकै बसेर घन्टौसम्म लाइनमा बसेर भक्तजनहरु शिवजीको दर्शन गरिरहेका थिए।
भगवान शिवको पूजा-आराधना गरी मनाउने बोलबम पर्व धुमधामका साथ मुलुकभरका शिवालयमा जल चढाएर मनाइरहेको देखियो। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। भक्तजनहरूले विभिन्न तिर्थस्थलवाट जल ल्याएर शिवालयमा चढाउने र बोलबम यात्रा गर्ने पनि चलन छ।
हेर्नुहोस गएको सोमबार पशुपति मन्दिर परिषरको चहलपहल :