काठमाडौं : सोमबार नेपालमा थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ३१ जनामा गरिएको परीक्षणमा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको संक्रमणको कारण मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको कूल संख्या ७ लाख ७५ हजार ७२ पुगेको मन्त्रालयले बताएको छ ।