काठमाडौं : बुधबार चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए ।
उक्त खोप टेकुस्थित भण्डारण केन्द्रमा राखिएको डा दीपेन्द्ररमणलेे बताए ।
त्यसो त कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत १ लाख ६ सय २० मात्रा फाइजर खोप नेपाललाई अनुदानमा दिएको थियो ।