काठमाडौं : बुधबार थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१ सय ६७ जनामा गरिएको परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ८ जनाको मृत्यु भएको छ भने ४ सय ९० जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।
त्यस्तै हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७ पुगेको छ ।