काठमाडौं : पछिल्लो २४ घण्टामा १६ हजार ७ सय ३६ जनाको कोरोना परीक्षण गर्दा ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ४ सय ८४ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ६ सय १२ पुगेको छ । संक्रमणका कारण आज थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ४ सय ५४ जनाको मृत्यु भइसकेको छ ।