काठमाडौं : पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ८ सय १४ जनाको परीक्षण गर्दा ४ सय ४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । कोराना भाइरस संक्रमणका कारण हालसम्म ११ हजार ४ सय ६० जनाको मृत्यु भइसकेको छ ।
४ सय ७४ जना संक्रमण मुक्त हुँदा हाल देशभर कूल सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ ।