काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ५६ जना संक्रमण मुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको छ ।