काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि तीन दिनसम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाले महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानबाट मोर्डना र फाइजर खोप दिन लागेको हो ।
दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेले परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउने जनाएको छ ।