काठमाडौं । नेपालमा ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकाले निःशुल्क कोरोनाविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् ।
कोभ्याक्स सुविधामार्फत उनीहरुलाई सो सुविधा उपलब्ध गराउन लागिएको हो । कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्सले बालबालिकाका लागि निःशुल्क फाइजर खोप दिँदैछ । सो खोप पहिलो चरणमा आगामी असार १५ गतेभित्र १५ लाख खोप आउने छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक रुद्र मरासिनीका अनुसार, पहिलो चरणमा २१ जिल्लामा सो खोप सञ्चालन गरिनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप निःशुल्क प्राप्त हुने भएको हो । पहिलो चरणमा १५ लाख खोप १५ असारभित्र आइसक्नेछ ।
अहिलेसम्म लक्षित जनसंख्याको ९५.८ प्रतिशतले एक मात्रा र ८४.८ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन् । यसैलाई आधार बनाएर कोभ्याक्स सुविधामार्फत नेपालले खोप पाउन लागेको उल्लेख छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा.रुद्रप्रसाद मरासिनीका अनुसार, कोभ्याक्स सुविधामार्फत पाँचदेखि ११ वर्ष उमेर समूहलाई लगाउने फाइजर खोप अभियान पहिलो चरणमा २१ जिल्लामा सञ्चालन हुनेछ । ५६ जिल्लामा फाइजर खोप पहिलोपटक सञ्चालन हुने भएकाले स्वास्थ्यकर्मीलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको परिवार कल्याण महाशाखाका अनुसार पाँचदेखि ११ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकालाई दुई मात्रा पुग्ने गरी ८४ लाख मात्रा खोप आउनेछ ।