२०७९ असार ३२ रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न. २ गाल्पामा रहेको गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. ले साउन १ र २ गते स्वास्थ्य चेक जाँच गर्ने भएको छ। उक्त २ दिन मुटु तथा उच्चरक्तचाप,महिलाहरुको तल्लो पेट दुख्ने,सेतो तथा गनाउने पानि बग्ने,दम,निमोनिया,शरीर सुन्निने,हात खुट्टा झम्झमाउने,जोर्नी दुख्ने,जण्डिस तथा कलेजो,सुगर तथा पिसाब सम्बन्धि चेक जाँच हुने भएको छ।स्वास्थ्य चेक जाँच गर्न एमबिबिएस डाक्टर तथा जनरल फिजिसियन डा. विवेक चौधरी आउने भएका छन।त्यस्तै क्लिनिकमा प्रत्यक १,२,१५ र १६ गते बिरामी कोलागि डाक्टर आउने गाल्पा लाईफकेयर क्लिनिक प्रा.लि. का संचालक डा.मनोज खड्काले सुनौलोपानालाई जानकारी गराए।गाल्पा
लाईफकेयर क्लिनिक प्रा.लि. अन्य सेवाहरु निम्नानुसार रहेको छ।