२९ भाद्र २०७९ रामेछाप- रामेछापको सुनापति गाउँपालिका वडा न.२ गाल्पामा रहेको “गाल्पा लाईफ केयर क्लिनिक प्रा.लि.” मा असोज १ गतेको दिन स्त्री रोग तथा प्रसुति बिशेषज्ञ डा.संजिव योञ्जन र जेनेरल फिजिसियन डा.दिल बहादुर थोकरको उपस्थितिमा बिरामीको चेक जाँच हुने भएको छ।
उक्त दिन महिलाहरुको तल्लो पेट दुख्ने,महिनावारी गढवढी,ढाड तथा कम्मर दुख्ने,गर्भ नरहने,आङ खस्ने,पाठेघरको घाउ,स्तनमा गिर्खा,योनिबाट रक्तस्राप तथा सेतो पानी बग्ने लगायतका समस्या भएका र गर्भवती महिलाहरुले बिशेषज्ञ डाक्टरसँग स्वास्थ्य परिक्षण गराउन सक्नेछन।
“गाल्पा लाईफ केयर क्लिनिक प्रा लि” मा भिडियो एक्सरे, ईसीजी, अक्सिजन/नेबुलाईजर,प्याथोलोजी ल्याब लगायतको पनि सुबिधा रहेको छ।