काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन्। उनले धुलिखेल जिपलाइन रिसोर्ट पुगेर जिपलाइनको अनुभव लिएका हुन्।
नातिनातिनी सहित प्रचण्ड धुलिखेल पुगेका थिए। काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो।
बिहीवार उनी सुकुटे पुगेका थिए। राजनीतिक कार्यक्रमा व्यस्त रहने प्रचण्ड केही दिन आरामका लागि सुकुटे पुगेका थिए। उनले त्यहाँ र्याफ्टिङ पनि गरेका थिए।