११ बैशाख २०७९ काठमाण्डौ- रामेछाप जिल्लाको मन्थली नगरपालिकाको मेयर पदकोलागि नेकपा एमालेबाट लब श्रेष्ठले उम्मेदवारी दिएका छन।श्रेष्ठ २०४७ देखि २०४८ सम्म अनेरास्ववियु भिमेश्वर मा.बि.प्रा क.मा रही २०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटि सदस्यहुदै २०४९ सालमा जिल्ला कमिटि सह-संयोजक २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष भई २०५२ सालसम्म पदभार सम्म्हालेर कार्य गरेका थिए।
अनेरास्ववियु ११ औँ राष्ट्रिय सम्मेलनमा पोखरामा र १२ औँ राष्ट्रिय सम्मेलन हेटौडामा प्रतिनिधि चयन भएका थिए। त्यस्तै २०५३ सालमा अनेरास्ववियुको १३ औँ राष्ट्रिय सम्मेलन बिराटनगरबाट राष्ट्रिय परिषद सदस्य र २०५५ सालमा अनेरास्ववियुको १४ औँ राष्ट्रिय सम्मेलनबाट फेरी राष्ट्रिय परिषद सदस्यमा निर्वाचित भई सोहि अनुरुप अनेरास्ववियु केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी बहन गर्दै २०५७ सम्म कृयाशिल रहेको श्रेष्ठले सुनौलोपानालाई बताए।
२०६२ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला कमिटि संयोजक र २०६३ सालको सम्मेलनबाट जिल्ला कमिटि अध्यक्षमा मनोनित भए। त्यसैगरि २०६४ सालबाट नेकपा एमाले रामेछापको सदस्य हुदै २०६८ सालदेखि निरन्तर जिल्ला कमिटि सचिवालय सदस्य रहदै २०७८ साल पुष २३ गतेबाट जिल्ला कमिटिबाट बिदाई पछि नेकपा एमाले केन्द्रिय विधान अधिवेशनमा प्रतिनिधि २०७८ असोजबाट प्रदेश कमिटि सदस्यको जिम्मेवारी सम्हाल्दै आएका छन।
नेकपा एमालेबाट मन्थली नगरपालिकाको मेयर पदका उम्मेदवार लब श्रेष्ठसँग गरिएको कुराकानी (भिडियोसहित)