काठमाडौँ – सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित रहेको वडा न.१ को अध्यक्ष उम्मेदवार चण्डेश्वर चौलागाईं दावी गरेका छन्। सुनापति-काठमाण्डौ सम्पर्क समन्वय समितिले पेरिसडाँडामा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले सो दावी गरेका हुन्।
उनले भने, ‘हाम्रो एकलौटी जित निश्चित छ। सुनापति गाउँपालिकामा माओवादीको जीत नभए नागरिकको पेसा व्यवसाय र विकास पनि कम हुन्छ। यसकारण तपाईहरुले यस समस्या हटाउन हामीलाई जिताउन आग्रह गर्छु।’
यस गाउँपालेकाको शान गिराउन धेरै चलखेल भएकोले ती षड्यन्त्रलिई परास्त सबै मिलेर गर्न पर्ने उनले बताए।