रामेछाप । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सुनापतिमा फेरी पनि माओवादीले जित्ने दाबी गर्छन् सुनापति गाँउपालिकाका अध्यक्ष धावा लामा ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै एक चुनावी सभामा बोल्दै उनले सुनापति गाँउपालिकामा माओवादीले जित्ने दाबी गरेका हुन् ।
यससँगै उनले यस गाँउपालिकामा वृद्धवृद्धा, एकल महिला तथा अपांगता भएका व्यक्तिसँगै एकल पुरुषले समेत सामाजिक सुरक्षा भत्ता पाँउदै आएको जानकारी दिए ।
उनले भने ‘हाम्रो गाँउमा एकल महिलाले, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिले भत्ता पाउँछन् तर एकल पुरुषले किन भत्ता नपाउने भन्ने उद्देश्यले हामीले त्यसको जग बसालेका छौं । त्यसैले गर्दा हामीले सुनापति गाँउपालिका भित्र रहेका हरेक एकल पुरुषलाई पनि भत्ता दिदै आएका छौं ।’