रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा न.३ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट कुल बहादुर थिङले जित हासिल गरेका छन।
निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसलाई १ भोटले पछि पार्दै कुल बहादुर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन जितेपछि १ भोटको पनि निकै महत्व रहेको आफूले महसुस गरेको थिङले बताए ।