रामेछाप । सुनापति गाँउपालिकामा अध्यक्षको पदमा ठुलोकान्छा तामाङ र उपाध्यक्षको पदमा गिता बिष्ट चौलागाई निर्वाचित भएपछि सुनापतिबासिले बाजागाजासहित उत्सव मनाएका छन् ।
सुनापतिबासिले नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले जितेको खुसीयालीमा बाजागाजासहित उनीहरुलाई सुनापति घुमाएका छन् । उक्त बिजय जुलुसमा सुनापतिबासीको उत्साहजनक सहभागिता देखिएको छ ।
त्यसो त निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसलाई पछि पार्दै माओवादी केन्द्रका ठुलोकान्छा तामाङ र गिता बिष्ट चौलागाई गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
सोमबार राति पनि त्यहाँका नेताकार्यकर्ता तथा स्थानीयहरु खुसी भएर विजय जुलुस निकालेका थिए ।
यस्ता छन् विजय जुलुसका झलकहरु :