काठमाडौं । अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभल २०२२ मा सहभागी हुँदै छिन्। उनी फ्रान्सको पेरिसमा आयोजना हुन लागेको कान्स फेस्टिभलको लागि आज फ्रान्स जाँदैछिन् ।
कान्स फिल्म फेस्टिभलमा उनी नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दैछिन्। उक्त फिल्म मे १८ मा प्रिमियर हुँदैछ ।
कान्स फिल्म फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुने बताइएको छ ।