रामेछाप । अबको पाँचवर्षभित्र विकास निर्माणको कामलाई जोड दिएर सुनापतिलाई भ्रष्टाचारमुक्त पालिका बनाउने गाँउपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ र उपाध्यक्ष गीता बिष्ट चौलागाईले घोषणा गरेका छन् ।
सुनापतिमा आयोजित निर्वाचनको विजय सभामा बोल्दै उनीहरुले सुनापतिलाई भ्रष्टाचारमुक्त पालिका बनाउने घोषणा गरेका हुन् ।
अध्यक्ष तामाङ र उपाध्यक्ष चौलागाई भन्छन् ‘सुनापतिबासिले विभिन्न जालझेलका विरुद्ध अडिग भएर हामी माओवादी केन्द्रलाई जिताउनु भयो । अब हामी विकास निर्माणको कामलाई जोड दिएर सुनापतिलाई भ्रष्टाचारमुक्त पालिका बनाउने प्रयास गर्नेछौं।’आगामी दिनमा पहिलाको भन्दा फरक ढंगले काम गर्ने अध्यक्ष तामाङ बताउँछन् ।
उनले भने ‘स्थानीय गाँउपालिकामा आएको बजेटहरुले कुनकुन काम गर्ने र प्रदेशबाट आएको बजेटले कुन काम गर्ने, संघबाट आउने रकमले कुनकुन काम गर्ने भन्ने विषयमा हामी माओवादी केन्द्रका सबै बसेर छलफल गरेर अगाडि बढ्नेछौं।’ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई पछि पार्दै ठुलोकान्छा तामाङ र गीता बिष्ट चौलागाई पालिकाको अध्यक्ष र उपाध्यक्षमा नियुक्त भएका थिए ।