रामेछाप – सुनापति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठुलोकान्छा तामाङले सुत्केरी महिलाको भत्ता वृद्धि गर्ने निर्णय गरेका छन्। सोमबार पदभार गरेसँगै उनले स्वास्थ्यतर्फ पहिलो सो निर्णय गरेका हुन्।
आर्थिक अभावका कारण प्रसुतिका लागि अस्पताल जान नसक्ने अवस्था भएकोले गर्दा सुत्केरी भत्ता स्वरूप ४ हजार दिने निर्णय गरेको उनको भनाइ छ। त्यसबाहेक उनले प्रसुति गृह आफ्नै पालिकामा बनाउने योजना रहेको सुनौलोपानासंगको कुराकानीमा सुनाए।
‘एउटा स्वास्थ्य चौकी हुंदा सिटामोल लिन २ घण्टा हिड्न पर्ने समस्या थियो अब हामी सबै वडामा स्वास्थ्य चौकी बनाउने छौँ, ‘अध्यक्ष तामाङले भने।
आर्थिक उन्नतिका ;लागि पनि योजना रहेको बताउदै उनले भने, ‘चिया वागन, किवी खेती, पशुपालनलाई विकास गरी पालिकाबासीको निम्ति पेशाको रुपमा लाने योजना अघि बढाएका छौँ। यसले युवाहरु विदेशिनु पर्दैन। विगतमा वडाअध्यक्ष हुँदा हामीले यो काम गर्न सकेका थिएनौं । अब हामी कृषिबाट नै रोजगार दिलाउन निरन्तर लाग्ने छौँ।’
हेर्नुहोस भिडियो