कपिलवस्तुकी १७ वर्षीया किशोरीको अपहरणपछि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा किशोरीलाई अपहरण गरि जर्बजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
रुपन्देही कन्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि राति देखि प्रहरीले खोजतलास जारी गरेको थियो । अपहरणपछि कञ्चन गाउँपालिका ३ मा सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले बताए ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा नम्बर ४ का राहुल सिंन्जाली, सोही ठाउँका सुलभ केसी, कन्चन गाउँपालिका वडा नम्बर ३ का लक्ष्मण रसाईली, अमित कंडेल र सौरव थापा रहेको शाहले बताए । उनीहरु सबैजना १९ वर्षका रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले अपहरण गरी रसाईलीको घरमा सामुहिक बलात्कार गरेको आरोप छ ।