रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा ५० प्रतिशत अनुदानमा वर्षे फलफुलको विरुवा वितरण गरिने भएको छ ।
गाउँपालिका कृषि शाखाको आर्थिक वर्ष २०७८/७९ वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा वर्षे फलफुलको विरुवा वितरण कार्यक्रम संचालन गर्न लागिएको हो ।
सुनापति गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै उक्त कार्यक्रम संचालन गर्न लागेको जानकारी दिएको छ ।
सम्पुर्ण कृषकहरुलाई यो सूचना प्रकाशित भएको १५ दिन भित्र यहि सूचनामा उल्लेखित आवश्यक कागजातहरु संलग्न गरि गाउँपालिकाको कृषि शाखा तथा वडाहरुमा आवेदन पेश आग्रह गरिएको छ ।
आँप, लिची, सुन्तला, जुनार, कागती, एभोगाडाे लगायतका फलफुलहरुको विरुवा वितरण गरिने सूचनामा उल्लेख गरिएको छ ।