काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडातर्फ गएका गाडी आज पनि स्थानीय बासिन्दाले रोकेका छन्।
स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर विसर्जन गर्न खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
मंगलबार प्रहरीले बल प्रयोग गरेर फोहोर विसर्जन गरेको थियो।
काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।