१५ कार्तिक २०७९ रामेछाप – नेकपा (एकीकृत समाजवादी) रामेछापले प्रदेश सभा ‘क’ मा निर्वाचन अभियान आक्रामक तरिकाले सुरु गरेको छ।
गत कार्तिक ४ गते सम्पन्न चौथो जिल्ला कमिटिको बैठकबाट रामेछापमा प्रदेश ‘क’ गठबन्धन दलहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने र प्रदेश ‘ख’ र संघको सन्दर्भमा केन्द्रिय नीति अनुसार अगाडी बढ्ने निर्णय अनुसार प्रदेश सभा ‘क’ मा कार्तिक ५ गते लिखु तामाकोशी ७ तिल्पुङ्गदेखि चुनावी अभियान शुभारम्भ गरेको हो।
चुनावी अभियानको कमाण्डर पुर्व सांसद नेकपा (एकीकृत समाजवादी) पोलिटब्युरो सदस्य रामेछाप जिल्ला ईन्चार्ज देव शंकर पौडेलले गरेका छन।पौडेल यस क्षेत्रको पुर्व सांसद भएको कारणले पनि चुनावी अभियानमा जनतामाझ पुग्न नेकपा (एस) लाई सहज भएको छ।नेकपा (एस) ले गठबन्धन दलबीच मैत्रीपूर्ण प्रतिष्पर्धा र बिपक्षी दल नेकपा एमालेसँग आक्रमक प्रतिष्पर्धा गर्न रामेछाप कम्युनिष्ट आन्दोलनका हस्ती जनताकोबिचमा सहजै भिज्न सक्ने लोकप्रिय नेता जिल्ला बिकासको उप-सभापति हुदै मन्थली नगरपालिकाको मेयरको रुपमा उत्कृष्ट कार्यभार सम्हाली सकेका नेकपा (एस) रामेछाप जिल्ला कमिटि अध्यक्ष रमेश कुमार बस्नेतलाई उभ्याईएको छ।
बस्नेतको प्रतिष्पर्धाले रामेछाप प्रदेश ‘क’ मा कस्को बिजयी हुने भन्ने कुरा अन्योलमा रहेको रामेछापका एक पुरानो बामपन्थी नेताले सुनौलोपानालाई बताएका छन।ति नेताको अनुसार रामेछाप प्रदेश ‘क’ मा त्रिपक्षीय प्रतिष्पर्धा हुने र विजयको माला बस्नेतलेनै लाउन सक्ने आंकलन गरेका छन। बस्नेत आर्थिक पारदर्शिका हिसाबले स्वच्छ र प्रष्ट बक्ता रहेको, जनताको पिर मर्का सहजै बुझ्न सक्ने नेताको रुपमा आफुलाई स्थापति गरिसकेको रामेछाप प्रदेश ‘क’ को जनताको भनाई रहेको छ।
यसैगरी नेकपा (एस) रामेछापले केन्द्रिय पार्टीको निर्देशन अनुसार संघ र प्रदेश सभा ‘ख’ मा गठबन्धन दल हरुको उम्मेदवारलाई सहयोग गर्ने भनियता पनि अहिलेसम्म सार्थक परिणाममा पुगिसकेको अवस्था छैन यसै बिचमा नेकपा एस जिल्ला कमिटि सचिव लालसिङ घिसिङसँग बुझ्दा छिट्टै संघ र प्रदेश ‘ख’ को सन्दर्भमा गठबन्धन दलहरुबीच आपसी समझदारी कायम गर्दै अगाडी बढ्ने कोसिस भईरहेको जानकारी दिए।