१२ पुष २०८१ शुक्रवार,रामेछाप-रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न.३ हिलेदेविको डोग्मा लेखालिटोलकि ८१ बर्षीय कलावती पाण्डे बि. स. २००१ सालमा भारतमा जन्मिएकी कलावतीको ११ बर्षको कलिलो उमेरमै २६ बर्षीय खड्ग बहादुर पाण्डेसँग २०११ सालमा इण्डियामै बिबाह भयो।
कलावतीको बुबा र श्रीमान इन्डियाको कलकता ईन्दियन आर्मीमा जागिरे थिए सोहि चिनजानको आधारमा कलावतीको बुबाले खड्ग बहादुरसंग उनको बिबाह गरिदिए। बिबाह पश्चात २०२५ सालतिर कलावती श्रीमानको साथमा रामेछापमा गईन। दैबको लिला भानौकी भावीको लेखान्त प्यारालईसिसको कारण २०५० सालमा कलावतीले श्रीमान गुमाउनु पर्यो। बिबाह पश्चात आफुले धेरै दुख र संघर्ष गर्नु परेको र खान लगाउन समेत धाउ धाउको स्थिति रहेको कलावतीको अहिले केहि कुखुरा र बाख्राको हेरचाहमा दिन बित्ने गर्दछ।
श्रीमानको मृत्यु पश्चात आफ्नो आत्मविश्वासलाई बढाउँदै आज यो अवस्थासम्म आईपुग्न अनेकौ चुनौतीहरूको सामना गरेकी छिन कलावतीले, सायदै जोकोहीकोलागि यो सहज नहोला ।
१२ सन्तानलाई जन्म दिएकि यिनै कलावतीको बिगतको भोगाई र संघर्षको बारेमा तयार पारिएको जीवन कहानी हामि तपाईहरु माझ तलको भिडियो मार्फत प्रस्तुत गर्दैछौ।