काठमाडौं– थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ जना पुगेको छ।
यससँगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय १८ जना पुगेको छ।