२१ असोज,काठमाडौँ- जेनजी आन्दोलनका क्रममा फौजदारी अभियोगमा उजुरी परे कारबाहीका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन कुर्न नपर्ने भएको छ।
आयोग सदस्य पूर्व एआईजी विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै मङ्गलबार यस्तो जानकारी दिएका हुन्। यो जानकारीसितै नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता भए पक्राउ गर्न प्रहरी स्वतन्त्र हुने भएको छ।
यस हिसाबले ओली र लेखक डेन्जर जोनमा रहेका छन्। प्रहरीले यसअघि नै जाहेरी लिने स्वीकार गरि आयोगमा बुझाउने भनेको थियो। आयोगको विज्ञप्तिले अब प्रहरी दबाबमा परेको छ।
ओली सरकारले २१ जना जेनजी आन्दोलनकारीलाई भदौ २३ गते गोली हानी सहिद बनाएको थियो।













