काठमाडौं, २२ असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । युवराज पौडेल ‘सफल’ ले मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी दिएका हुन्।
सफलले दिएको उक्त जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाइने प्रहरीले जनाएको छ । मेयर शाह र गुरुङविरुद्ध परेको यो दोस्रो जाहेरी हो । हिजो .(मंगलबार) एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुले मेयर बालेन र सुदनविरुद्ध जाहेरी दिएका थिए ।












