१६ कार्तिक,काठमाडौं-काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले मध्यरातमा पत्याउनै नसकिने असाधारण र अशोभनीय टिप्पणी गरेका छन् । मेयर बालेनले अमेरिका, भारत र चीनलाई समेत नराम्रो लेखेका छन् । उनले अमेरिका, भारत र चीनलाई समेत मुछेर गाली गरेका छन् ।
यता, नेपालका राजनीतिक दलहरु एमाले, काँग्रेस, रास्वपा, राप्रपा र माओवादीको नाम लिएर गाली गरेका छन् । सबै मिलेर पनि यिनीहरुले केही गर्न नसक्ने उनको दाबी छ। उनले शनिवार राति ११ बजेर ५६ मिनेटमा यो स्टाटस लेखेका हुन्।











