Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग

सुनाैलाे पाना  सुनाैलाे पाना
पुस २१, २०८२
in FEATURE, मुख्य समाचार
0
रामेछाप कांग्रेसमा असन्तुष्टिको विस्फोट: श्यामलाल योञ्जनसहितको सामूहिक राजीनामासँगै कांग्रेस परित्याग
Share on FacebookShare on Twitter

सोमवार २१ पुस २०८२ काठमाडौं- नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि देखिँदै आएको गहिरो असन्तुष्टि अन्ततः सामूहिक राजीनामामा परिणत भएको छ। पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म देखिएको अपरिवर्तित सोच, संगठनभन्दा व्यक्तिमुखी राजनीति, अनैतिक मेलमिलाप र जनचाहनाबाट टाढिएको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रामेछापका दर्जनौं जिम्मेवार तथा क्रियाशील नेताकार्यकर्ताले नेपाली काङ्ग्रेस परित्याग गरेका छन्।

देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिसँगै पार्टीको सोच र कार्यशैली परिवर्तन हुन नसकेको, स्थानीय तहमा जनप्रतिनिधि तथा नेताहरू सत्ता पक्षसँग व्यक्तिगत स्वार्थअनुकूल साँठगाँठमा लागेको र विकास तथा जनभावनाभन्दा हजारौं माइल टाढाको राजनीति हाबी भएको निष्कर्षसहित उनीहरूले सामूहिक राजीनामा दिएको बताएका छन्। “परिवर्तन नचाहने पार्टीभित्र बसेर परिवर्तन सम्भव छैन” भन्ने धारणा राख्दै उनीहरूले नयाँ राजनीतिक बाटो रोजेको घोषणा गरेका हुन्।

कांग्रेस परित्याग गर्नेहरूमा चौधौँ महाधिवेशनका प्रत्यासी प्रदेश ‘ख’ क्षेत्रीय उपसभापति तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापका जिल्ला उपाध्यक्ष श्यामलाल योन्जन, स्थानीय तहका चुनावी उम्मेदवार, पार्टीका वडा, गाउँपालिका र भातृ संगठनका पदाधिकारी तथा दर्जनौं क्रियाशील सदस्यहरू रहेका छन्। यो समूहमा मगर, तामाङ, लामा, मोक्तान, श्रेष्ठ, घिसिङ लगायत विभिन्न समुदायका सक्रिय नेताकार्यकर्ताको सहभागिता छ, जसले यो राजीनामालाई केवल व्यक्तिगत निर्णय नभई सामूहिक राजनीतिक असन्तुष्टिको प्रतीक बनाएको छ।

राजीनामापछि पूर्व कांग्रेस नेता श्यामलाल योञ्जनले भने नयाँ राजनीतिक सुरुवातको घोषणा गर्दै ‘श्रम संस्कृति पार्टी’ बाट आफ्नो यात्रा सुरु गरेका छन्। यही क्रममा श्यामलाल योन्जनको अध्यक्षतामा ११ सदस्यीय श्रम संस्कृति पार्टी रामेछाप जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ। तदर्थ समितिले जिल्लामा संगठन विस्तार, जनमुखी राजनीति र श्रम, संस्कृति तथा पहिचानमा आधारित वैकल्पिक राजनीतिक धार निर्माण गर्ने लक्ष्य लिएको बताइएको छ।

यसअघि “पुरानो दल परित्याग गर्दै पुरानो फोटो केवल सम्झनाका लागि” भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको सन्देशले पनि राजनीतिक वृत्तमा चासो पैदा गरेको थियो। उक्त सन्देशलाई कांग्रेससँगको वैचारिक र संगठनात्मक सम्बन्ध पूर्ण रूपमा समाप्त भएको संकेतका रूपमा हेरिएको छ।

राजीनामा दिने समूहका नेताहरूका अनुसार उनीहरूको उद्देश्य कुनै पद, लाभ वा व्यक्तिगत स्वार्थ होइन, बरु जनताको चाहना, विकास र न्यायसँग जोडिएको नयाँ राजनीतिक संस्कार स्थापना गर्नु हो। “अब हामी पुरानो संरचना र सोचबाट अलग भयौं, नयाँ राजनीतिक विकल्पसहित जनतामाझ जानेछौं,” उनीहरूको सामूहिक भनाइ छ।

रामेछापमा भएको यो सामूहिक राजीनामालाई स्थानीय राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। यसले नेपाली काङ्ग्रेसभित्रको आन्तरिक असन्तुष्टि मात्र होइन, वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो आकर्षणलाई समेत उजागर गरेको विश्लेषण भइरहेको छ। अब श्रम संस्कृति पार्टीको यो नयाँ यात्राले जिल्लाको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्ला भन्ने चासो सर्वत्र बढेको छ।
राजीनामा दिई नेपाली काङ्ग्रेसबाट अलग हुनेहरू

१) श्यामलाल योन्जन
– चौधौँ अधिवेशनका प्रत्याशी, प्रदेश “ख” क्षेत्रीय उपसभापति
– हाल: नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछाप जिल्ला उपाध्यक्ष
२) ढालबहादुर खपाङ्गी मगर (डिबी)
– २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका झिनो मतले पराजित प्रत्याशी
– काङ्ग्रेस भातृ संस्था मगर संघ बागमती प्रदेश सदस्य
– हाल: नेपाली काङ्ग्रेस भातृ संस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ प्रदेश महाधिवेशन प्रतिनिधि
३) सुकराम लामा तामाङ
– नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य
४) सत्तलसिंह योन्जन
– नेपाली काङ्ग्रेस सुनापती गाउँपालिका कार्यसमिति सह–सचिव
५) प्रमन कुमार योन्जन तामाङ

– नेपाली काङ्ग्रेस हिलेदेवी वडा इकाई उपसभापति
६) अभिन तामाङ–

नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ हिलेदेवी वडा उपाध्यक्ष

७) रोलिना तामाङ– आदिवासी जनजाति महासंघ क्षेत्रीय सदस्य
८) रस्मिता कु. मोक्तान – क्रियाशील सदस्य
९) रमशली तामाङ – क्रियाशील सदस्य
१०) सुरज तामाङ – क्रियाशील सदस्य
११) आशिष लामा – क्रियाशील सदस्य
१२) प्रसुना लामा – क्रियाशील सदस्य
१३) राम श्रेष्ठ – क्रियाशील सदस्य
१४) मेघबहादुर श्रेष्ठ – क्रियाशील सदस्य
१५) आस्मान योन्जन – क्रियाशील सदस्य
१६) विवेक योन्जन – क्रियाशील सदस्य
१७) बिकुल योन्जन – क्रियाशील सदस्य
१८) सोनाम योन्जन – क्रियाशील सदस्य
१९) बिक्रम योन्जन – क्रियाशील सदस्य
२०) सोनाम तामाङ – क्रियाशील सदस्य
२१) सलामसिंह तामाङ – क्रियाशील सदस्य
२२) सलिना लामा दोङ – क्रियाशील सदस्य
२३) सानुभाइ तामाङ – क्रियाशील सदस्य
२४) याङ्सुम तामाङ – क्रियाशील सदस्य
२५) शंकर योन्जन – क्रियाशील सदस्य
२६) रोजबहादुर योन्जन तामाङ – क्रियाशील सदस्य
२७) सरोज तामाङ – क्रियाशील सदस्य
२८) सोनिया घिसिङ – क्रियाशील सदस्य
२९) संगबहादुर योन्जन – क्रियाशील सदस्य
३०) प्रविन मोक्तान
– क्रियाशील सदस्य
– सुनापती गाउँपालिका तरुण दल कोषाध्यक्ष
३१) पञ्चमाया तामाङ – क्रियाशील सदस्य
३२) जंगलाल तामाङ – क्रियाशील सदस्य
३३) किरण तामाङ – क्रियाशील सदस्य
३४) यान कुमार श्रेष्ठ – क्रियाशील सदस्य
३५) सुरेन्द्र मोक्तान – क्रियाशील सदस्य
३६) लोसिना तामाङ– आदिवासी जनजाति महासंघ क्षेत्रीय प्रतिनिधि

Previous Post

रास्वपामा तीन उपसभापति, पहिलो वरीयतामा कुलमान

Next Post

कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

सम्बन्धितपाेस्ट

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु
FEATURE

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२
FEATURE

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२
FEATURE

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने
FEATURE

जनताले परिवर्तन चाहेपछि संसारको कुनै शक्तिले रोक्न सक्दैन: रवि लामिछाने

चैत्र ५, २०८२
Next Post
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

रामेछापको दोरम्बामा जेठानको कुटाइले ज्वाईंको मृत्यु

चैत्र १०, २०८२

रवि लामिछानेले आफ्ना सांसदहरुलाई पढाए पाठ, दिए कडा निर्देशन, गलत गरे कारवाही गर्ने

चैत्र ७, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रवि लामिछानेले भने – सरकारी अस्पतालमा उपचार गराउनुस

चैत्र ५, २०८२

मन्त्रिपरिषद्को टुंगो लागेको छैन, मिडिया ट्रायल नगर्नुस: रवि लामिछाने

चैत्र ५, २०८२
सरकार बनेको बेलुकाबाटै ढाल्न लागिपर्छन,सचेत हुनुस: रवि लामिछाने

सांसदहरूलाई रविले भने: प्रशस्त पानी पिउनुस, पिसाब रोक्दै नरोक्नुस

चैत्र ५, २०८२

ट्रेन्डिङ

  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    305 shares
    Share 122 Tweet 76
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 111 Tweet 69
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 106 Tweet 67
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङको दाबेदार एक नम्बरमा

    258 shares
    Share 103 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist