काठमाडौँ – इन्द्रबहादुर दम्पतिले स्कुल भवन निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन्।
उक्त दम्पतीले आफ्नो आमा भिम कुमारी महतको १६ औं पुन्य तिथिको अवसरमा आमाको सम्झनामा सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला स्थित श्री कालिका आधारभूत विद्यालयको बन्दै गरेको दुई कोठे पक्की भवनका लागि १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
इन्द्र बहादुर र उनको श्रीमती सबि थापा अमेरिका बस्दै आएका छन्।
कैलाली गौरीगङ्गा ६ बस्ने सामाजिक मेलमिलापकर्ताकी अभियान्ता लक्ष्मी बोगटी कुँवरको पहलमा उक्त सहयोग आइपुगेको हो।

सामाजिक अभियान्ता कुँवरले बाजुरा, अछाम र दैलेख जस्तो दुर्गम ठाउँमा पनि उपचार नपाएका बिरामी दुखिपिडितलाई सक्दो सहयोग गर्दै आएकी छिन्।