रामेछाप- नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) रामेछापको गत असोज ९ गते बृहत कार्यकर्ता भेला मार्फत कार्यालय उद्घाटन साथै १३५ जिल्ला कमिटि घोषणा कार्यक्रम सम्पन्न भएको छ। उक्त भेलामा प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष केदार न्यौपाने र अतिथिहरुमा स्थानिय कमिटि सदस्य सावित्री भुषाल, पोलिटब्युरो सदस्य देव शंकर पौडेल,केन्द्रिय सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) उपस्थित भएका थिए।
नेकपा एमाले बाट बिद्रोह गर्दै माधव कुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकिकृत समाजवादी) ले एक महिना अगाडी भदौ ९ गतेका दिन निर्वाचन आयोग मार्फत राष्ट्रिय दलको मान्यता पाएको थियो। रामेछापमा केहि प्रमुख नेताहरु दश बुदे सहमति पश्चात नेकपा एमाले मै रहने निर्णय गरेपछि रामेछापमा एकिकृत समाजवादी कमजोर रहेको र पार्टी फुटको खासै असर नदेखिएको एमाले निकट नेताहरुको दाबि थियो तर गत ९ गते नेकपा (एकिकृत समाजवादी) को बृहत कार्यकर्ता भेलामा रामेछापको ६४ओटा वडाबाट ईमान्दार र कर्तब्यनिष्ठा कार्यकर्ताहरु एमालेबाट बिद्रोह गरेर नेकपा (एकिकृत समाजवादी) को कार्यकर्ता भेलामा सहभागी भएको नेकपा (एकिकृत समाजवादी) रामेछापका निर्वाचित जिल्ला सचिवालय सदस्य युवा नेता सरोज घागाले सुनौलो पानालाई बताए।
नेकपा (एकीकृत समजबादि) रामेछाप जिल्ला कमिटिका पदाधिकारीहरु, सचिवालय सदस्य /सदस्यहरुको नामावली
पार्टिलाई नयाँ ढंगबाट जनाताकोमाझामा स्थापित गर्ने उद्देश्य अनुरुप कार्यक्रममा जनता, कार्यकर्ता र नेताहरु सबैको भूमिका समान रहनेगरी माला र खादाजस्ता आर्थिक व्यवभार हुने कुराहरुको प्रयोग समेत नगरिएको बताउनु भयो। घागाले कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति मात्रै मंचमा बसेर नेकपा (एकिकृत समाजवादी) ले जनता,कार्यकर्ता र नेता समान छन भन्ने सन्देश दिएको र नेकपा (एकिकृत समाजवादी) ले अब यहि अनुसार पार्टिलाई जनताकोबिचमा लैजाने र पार्टी र जनताको सम्बन्ध माछा र पानि जस्तै हुनेगरी आफुहरु अगाडी बढ्ने बताउनु भयो। यता भेलामार्फत निर्वाचित अधक्ष्य बस्नेतले समाजवादी समाज निर्माण गर्ने नेकपा (एकिकृत समाजवादी) को योजना अनुसार आफुहरु अगाडी बढ्ने बताउनु भयो।
उहाँले पार्टीको बैठक बसेर आगामी कार्यक्रम तय गर्ने भन्दै समाजवादी समाज निर्माणमा नेकपा (एकिकृत समाजवादी) ले नेपालको ईतिहासमै कोसेढुंगा सावित गर्ने बताउनु भयो। यसअघिका पार्टीहरुले जनताको कुरा गर्ने तर जनताका सरोकारका कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको भन्दै नेकपा (एकिकृत समाजवादी) ले जनसरोकारका बिषय उठाउने र पार्टी सधैभरि जनतासँगै रहने बताउनु भयो।