२६,माघ,२०७८ काठमाडौं- सत्ता गठबन्धनका दल नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको विरोधमा फागुन १ गते देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो।विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई निर्देशन समेत दिईसकेको छ।
फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार एकीकृत समाजवादीले एमसीसीका केही बूँदा आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै विना संशोधन पास गर्न नहुने अडान राखेको छ।