०२,फागुन २०७८ रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको वडा न. ४ बेथान र वडा नं.३ हिलेदेवी संगम स्थल सेल्फी डाँडामा डम्फु पार्क निर्माण भएको छ।वडा न. ३ ले निर्माण गरेको उक्त डम्फु पार्क गाउँपालिकाको पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै गएको छ। लुभु-बेथान-हिलेदेवी-गाल्बा सडक अन्तर्गत पर्ने सेल्फीडाँडामा निर्माण भएको उक्त डम्फु पार्क घुमघामकोलागि अहिले आन्तरिक पर्यटक आउने क्रम बढ्दो छ।वडा कार्यालय अन्तर्गतको २२ लाख बजेटमा निर्माण गरिएको डम्फु पार्कमा ठूलो आकर्षक डम्फु र टुङना राखिएको छ।
करिब १ बर्ष अगाडी डम्फु मात्रै निर्माण गरिएको उक्त पार्कमा हाल भने डम्फुसँगै टुङना पनि निर्माण गरिएको छ।डम्फु पार्कबाट पर्यटकीय गन्तव्य शैलुङ्ग,दोलखाको गौरीशंकर हिमाल लगायतको दृश्यावलोकन गर्न सकिन्छ।सेल्फी डाँडाको रुपमा चिनिदै आएको उक्त पार्कमा तामाङ जातिको संस्कृति झल्किनेगरि डम्फु पार्क निर्माण गरेको वडा नं. ३ का वडा अध्यक्ष बाबुराम तामाङले सुनौलोपानालाई जानकारी गराए।
करिब १० महिना अगाडी सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामासँग डम्फु पार्कको बिषयमा सुनौलो खबरले लीएको भिडियो अन्तर्वार्तामा गाउँपालिकाका अध्यक्ष लामाले नेपालकै ठुलो डम्फुको रुपमा उक्त डम्फु निर्माण गरेको बताएका थिए।
(पुरा भिडियो हेर्नुहोस)